Before Header
After Navigation

लडागडा सुदूरपश्चिम प्रदेशको पहिलो बाल विवाह मुक्त वडा घोषणा

डोटीको दिपायल सिलगढी नगरपालिका– ८ लडागडा सुदूरपश्चिम प्रदेशको पहिलो बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।  नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ले सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ । ‘बिहाबारी २० वर्ष पारी’ भन्ने मुलनाराका साथ नेपाललाई बालविवाह मुक्त देश बनाई सक्ने प्रतिबद्धता सरकारले गरेको छ ।
उमेर नपुगी हुने मागी तथा भागी बाल विवाह शून्य भएपछि बाल विवाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष रामहादुर खड्काले बताए । वडा अध्यक्ष खड्काले भने ‘हामीले यसका  लागी विभिन्न चरणमा काम गरेपछि बाल विवाह मुक्त वडा घोषणा गर्न सफल भएका छौँ, हाम्रो वडाका लागी यो खुसीको कुरा हो ।
बालविवाह उन्मुलन गर्नका लागि दिपायल सिलगढी नगरपालिका, गुड नेवर्स र सामुदायिक विकास केन्द्रको रूपमा सञ्चालन गरिएको कार्यक्रम पश्चात् बाल विवाह मुक्त गर्न सफल भएको गुड नेवर्स इन्टरनेट नेपाल का जिल्ला संयोजक तेज प्रसाद शर्माले बर्ताए ।  तीन वर्ष अधि देखि गुड नेवर्स इन्टरनेट नेपाल र सामुदायिक विकास केन्द्र डोटीको सहकार्य गर्दै बालविवाह मुक्त क्षेत्र घोषणा गर्न विद्यालय र समुदायमा विभिन्न कार्यक्रम गरिरहेको थियो ।
Sagan sahari bhawan nirman aayojana
दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले एक कार्यक्रमका बिचमा लडागडा बाल विवाह मुक्त भएको घोषणा गरेकी हुन । घोषणा कार्यक्रममा बोल्दै मेयर मलासीले भनिन् ‘मेरो कार्यकालको यो महत्त्वपूर्ण उपलब्धि हो,  सुदूरपश्चिम प्रदेशको पहिलो बाल विवाहमुक्त वडा घोषणा गर्न पाएकोमा हामी खुसी छौँ ।’
कार्यक्रममा विभिन्न सरकारी निकाय का प्रमुख तथा प्रतिनिधिहरू,गैरसरकारी संस्था का प्रतिनिधि,स्थानीय, महिला,बालबालिका, संस्थाका प्रतिनिधि, वडा अध्यक्ष, राजनीतिक दलका प्रमुख,वडा सदस्य, पत्रकार लगायतको उपस्थिति रहेको थिए ।
Shaileshwori
Loading...