डोटीमा जिप दुर्घटना दुई जनाको मृत्यु, ७ जना घाईते खोजी कार्य जारी

Sayalb

पुर्बिचौकी गाउँपालिकामा दुर्घटनामा परि मृत्यु भएका दुई जनाको शब फेला परेको छ भने ७ जना घाईते भएका छन् । स्थानीय बजार साझघाटबाट गैरागाउँ जानेक्रममा से १ ज ८३९ नम्बरको जीप दुर्घटना हुँदा फलौट गाडमा पुगेको छ । दुर्घटनाबाट मृत्यु भएका दुई जनाको शब फेला परेको छ भने अन्यको खोजी कार्य जारी रहेको पत्रकार दिपेन्द्र खड्काले जानकारी दिए ।
भिरालो जमिन अध्यारो भएको क्षतीको बिवरण एकिन हुन सकेको छैन् । घाईतेहरुलाई उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याउने कार्य भईरहेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ गएको प्रहरी उपरिक्षक शारदाप्रशाद चौधरीले जानकारी दिनु भएको छ । सडकबाट जीप ५०० मिटर तल खोलामा खसेको छ ।

Shaileshwori
Loading...