पत्रकार ऋषि धमलासंग प्रेस काउन्सिलले माग्यो स्पस्टिकरण

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलासँग २४ घण्टे प्रष्टीकरण सोधेको छ। काउन्सिलले सोमबार धमलालाई पत्र काटेर आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानभित्र गरेको गैर जिम्मेवारपूर्ण हर्कतबारे प्रष्टीकरण दिन भनेको हो।

Sayalb

धमला प्राइम टेलिभिजनका लागि प्रत्यक्ष प्रशारण भन्दै विमानभित्र कर्मचारीलाई धकेलेर निषेधित क्षेत्रभित्र प्रवेश गरेका थिए। विमानका कर्मचारीले पटक पटक रोक्न खोज्दा पनि धमला बलजफ्ती निषेधित क्षेत्रमा गएका थिए। काउन्सिलले धमलासँग सोधेको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायुसेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृष्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो रु त्यहाँबाट पटक–पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ? ’

देशसञ्चारबाट साभार 

Shaileshwori
Loading...