जन सांस्कृतिक महासङ्घ डोटीको अध्यक्षमा गोपाल सूचिकार चयन भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकटका कलाकारहरू सङ्गठित भएको जन सांस्कृतिक महासङ्घको डोटीमा गठन गरिएको हो ।
समिति उपाध्यक्ष तेजराज नेपाली सचिव चक्रबहादुर कठायत, कोषाध्यक्ष कल्पना सुनार, सह–कोषाध्यक्ष नरेश बागचन, सह–सचिवमा जगन्नाथ नेपाली र दिनेश बिक सहित २१ सदस्यीय समिति चयन भएको नव निर्वाचित अध्यक्ष गोपाल सूचिकारले जानकारी दिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का डोटी इन्चार्ज शिव सिं ओली, जिल्ला समन्वय समिति डोटीका संयोजक कमलबहादुर गडसिला लगायतका माओवादीका नेताहरूको उपस्थिति रहेको थियो ।