स्थानीय तहमा अझै भएन दलित महिलाको अर्थपूर्ण सहभागिता

नारद नेपाली, डोटी
संविधानमा दलित महिला र सीमान्तकृत समुदायको समानुपातिक समावेशिताको व्यवस्था गरिएको भए पनि राजनैतिक रूपमा अर्थपूर्ण सहभागिता हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

“जनमुखी नीति र कार्यक्रम समृद्धिको आधार, समानुपातिक समावेशी र सुशासन हाम्रो सरोकार” भन्ने मुलनाराका साथ आगामी चुनावी घोषणा पत्रमा दलित, सीमान्तकृत ( महिला, हलिया श्रमिक महिला तथा विपन्न ) समुदायको हक अधिकारको सम्बोधन र समावेशी तथा समानुपातिक प्रतिनिधित्वको सम्बोधनका लागि नागरिक घोषणा पत्र हस्ताक्षर कार्यक्रमा उक्त कुरा बताइएको हो ।

Sayalb

डिसिय नेपाल र एक्सन एड नेपालको सहयोगमा सम विकास केन्द्र ईडिसी नेपाल डोटीको आयोजनामा भएको कार्यक्रमा आगामी स्थानीय निर्वाचनमा वडा देखि पालिकाको मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षमा समेत दलित र महिलाहरूको समावेशी र समानुपातिक प्रतिनिधित्व गर्नु पर्नेमा जोड दिइएको छ ।

आगामी निर्वाचनमा ३३ प्रतिशत दलित महिला सहितको महिला प्रतिनिधित्व गर्न गराउन जिल्लामा क्रियाशील राजनीतिक दलबाट नागरिक घोषणा पत्रमा हस्ताक्षर गराइएको सम विकास केन्द्र परिवर्तन परियोजनाका कार्यक्रम संयोजक महेश परियाले बताए ।

दिपायल सिलगढी नगरपलिकाका सभा हलमा सम्पन्न भएको कार्यक्रममा जिल्लामा क्रियाशील पार्टीका प्रतिनिधि, विभिन्न महिला सञ्जाल, हलिया समुदाय, सिमानाकृत समुदाय पत्रकारलगायतको सहभागी रहेको थियो ।

Shaileshwori
Loading...