

डोटी : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागी डोटीमा क्रियाशिल सत्तागठबन्धन दलको बसेको बैठकले चैत्र २६ गते भित्र पालिकाको बस्तुनिष्ट रिर्पोट जिल्लामा पठाउन पालिका स्तरिय समितिलाई निर्देशन दिएको छ ।
डोटीका सबै पालिकामा गठबन्धन दलको संयुक्त बैठकबसी यर्थात बिवरण पठाउन पालिका स्तरिय समितिलाई निर्देशन दिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीका ईञ्चार्ज शिब सिं ओलीले जानकारी दिए ।
ओलीले भने ‘पालिकामा क्रियाशिल दलहरुको बैठक बस्छ, उहाँहरुले नै एक प्रकारको सहमतीको खाका सहितको रिपोट दिन भनेका छौँ’ नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु बैठक सहभागी थिए ।
