सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुदैँ

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो । हाल नेपाली कांग्रेस प्रतिपक्ष भूमिकामा रहेको छ । कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी हुने भएको हो ।

कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री हुनेछन् । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नेछन् ।

Sayalb

कांग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले दुईजना मन्त्री र एक राज्यमन्त्री फिर्ता बोलाउने भएको छ। अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् ।

आज बाट नै निर्वाचन आरसंहिता लागु हुने भएकाले आरसंहिता लागु हुनु भन्दा पहिले नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको छ ।

Shaileshwori
Loading...