डोटी जिल्ला बैँकर्स क्लबको अध्यक्षमा भट्ट

डोटी जिल्ला बैँकर्स क्लब डोटी गठन गरिएको छ । डोटी जिल्लामा रहेका बैङ्क  तथा वित्तीय संस्थाका कर्मचारीहरू सहभागी रहेको बैँकर्स क्लबको शनिवार नयाँ समिति गठन गरिएको हो ।
एनआईसी एसिया बैङ्क दिपायल शाखाका शाखा प्रबन्धक तपराज भट्ट  अध्यक्ष रहने गरी डिप्रोक्स माईक्रोफाईनान्सका प्रबन्धक चेतमान बोहरा र महालक्ष्मी विकास बैङ्कका प्रबन्धक डिल्लीराज भट्ट उपाध्यक्ष, त्यसै गरी सचिवमा ग्लोबल आईएमई बै‌कका भास्कर प्रसाद जोशी , कोषाध्यक्षमा एनएमवि बैङ्कका लक्ष्मण भट्ट सहसचिव,  एनआईसि एसिया माईक्रोफाईनान्सका प्रबन्धक हेमराज पाठक सहित पाँच सदस्य रहने गरी नयाँ समिति चयन गरिएको हो ।
Sayalb
कर्मचारीका बिचमा सीपको अनुभव आदान प्रदान गर्ने, क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने, स्थानीय स्तरमा सामाजिक कार्यहरूमा कर्मचारीहरूको सामूहिक प्रयास मार्फत सहयोग गर्ने,बैक तथा वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीहरू बिच आपसी एकता,सद्भावना,भ्रातृत्व ,शिष्टाचारको भावना अभिवृद्धि गर्ने र कर्मचारीका हक हितका लागि क्रियाशील गर्ने गरी क्लबको गठन गरिएको ग्लोबल आईएमई बैङ्क  पिप्लाका कर्मचारी तिर्थ बहादुर मल्लले  जानकारी दिनुभयो ।
Shaileshwori
Loading...