
डोटी : सायल गाउँपालिका वडा नम्बर –६ को सिङ्गो बिरलकाडा बासी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सायल गाउँपालिका–६ ले आयोजना गरेको कार्यक्रममा गाउँका सबै व्यक्ति माओवादीमा प्रवेश गरेका हुन् ।

माओवादीमा प्रवेश गरेका उनीहरूलाई माओवादी केन्द्रका सुदूरपश्चिम सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि खगेन्द्र बहादुर साउद केविले फुल माला तथा टीका लगाएर स्वागत गरेको सायलका वाइसीएल इन्चार्ज निर्मल ऐरले बताए । उक्त गाउँका बासिन्दा पहिले एमाले र नेपाली काँग्रेसमा आबद्ध थिए ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य एवं सायल इन्चार्ज भक्त बहादुर सिङ, अतिथिहरू क्रमशः पार्टीका सचिव डबल बहादुर सिंह, निर्वाचन क्षेत्र (क) का सचिव अमर साउद, सायलका अध्यक्ष डबल बहादुर साउद र माओवादी नेता तेजबहादुर डुम्रेल रहेका थिए ।
