शिखरमा चुनावी तालमेल हुँदैन : नेपाली काँग्रेस

Sayalb
डोटी : डोटीको शिखर नगरपालिकामा सत्ता गठबन्धनका दलहरू बिचमा चुनावी तालमेल नहुने भएको छ । चुनावी तालमेलका विषयमा पार्टीहरूबिच सहमति हुन नसकेको भन्दै नेपाली काँग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको हो ।
सत्ता साझेदार दलका नेताहरूका बिच पटक–पटक छलफल भए पनि सहमति हुन नसकेको नेपाली काँग्रेस शिखर नगर कमिटीका सचिव अर्जुन कुमार बलायरले बताए । यसअघि शिखरमा मेयर उपमेयरसहित ७ वटा वडामा जित हासिल गरेको काँग्रेस एक्लै चुनाव लड्ने भएको छ ।
Shaileshwori
Loading...