खुटीया दिपायल फाष्ट्रयाक जोडीयो, मुख्यमन्त्री दिपायल आउने

रोजेन्द्र जोशी / डोटी जिल्लाबासीहरुले लामो समय देखी प्रतिक्षा गरेको खुटीया दिपायल द्रुतामार्ग जोडीएको छ । उक्त निर्माणधीन उक्त सड्क खण्ड जोडिए संगै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सोहि सड्क खण्ड हुदै दिपायल आउने भएका छन् ।

मुख्यमन्त्रीको स्वकिय सचिब प्रेम वहादुर कुबर प्रख्यातले दिएको जानकारी अनुसार भोली मंगलबार उक्त खडक खण्डको अनुगमन गर्दै मुख्यमन्त्री भट्ट सहितको टोली सोहि मार्गबाट दिपायल सम्म पुग्ने कार्यक्रम तय भएको हो ।

डीपीआर गरिएका बेला कैलालीको खुटीयादेखि दिपायल सम्मको ८४ किलोमिटर दूरीको सो द्रूतमार्ग पछि धनगढी देखि खुटीया हुँदै दिपायल गरिए पछि १०५ किलोमिटर पुगेको छ । यो द्रूतमार्ग, अहिले चालु रहेको धनगढी डडेल्धुरा हुँदै दिपायलको दुरीको भन्दा आधा छोटो दूरीको हुन्छ ।

आज सोमबार मुख्यमन्त्री भट्टले सो सड्क खण्डको कैलालीको बबैना क्षेत्रमा अनुगमन गरेको मुख्यमन्त्रीको स्वकीय सचिबालयले जानकारी दिएको छ ।

Sayalb
Shaileshwori
Loading...