प्रेमीसँग केकीले गरिन विवाह : यी हुन् उनका श्रीमान्

काठमाडौं । नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । व्यवसायी रोहित तिवारीसँग उनले आज एउटा सानो जमघटमा लगनगाँठो कसेकी हुन् ।

केकी र रोहित केही समयदेखि प्रेममा थिए । तर, आफूहरूबिचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् । आज उनीहरूको विवाहबारे केकी निकटका कलाकारहरूलाई पनि पत्तो थिएन ।

Sayalb

केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । केकीका सीमित साथीहरूलाई उनीहरूको सम्बन्धबारे थाहा थियो । विवाहमा परिवारका सदस्य र केही साथीहरू उपस्थित थिए ।

केकीले भोलि विवाहका तस्बिरहरू सार्वजनिक गर्दै छिन् । कसैलाई थाहा नदिई सुटुक्क बिहे गर्ने केकीको पहिलेकै योजना थियो ।

स्रोतः नेपाल प्रेस

Shaileshwori
Loading...