
डोटी : डोटीका दुई महिला पत्रकार पालीका उपाध्यक्षका उम्मेदवारका आकाङ्क्षी देखिएका छन् । डोटीमा जिल्लामा विगत ८/९ वर्ष देखि रेडियो क्षेत्रमा कार्यरत रश्मि कुँवरले बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्ष पदमा पार्टी भित्र दाबी गरेकी छन् । कुँवर नेपाली काङ्ग्रेसको १३ ओै महाधिवेशन वाट डोटी जिल्ला कार्यसमिति सदस्यमा समेत निर्वाचित भएकी हुन् । यस्तै ३० वर्षीय कुँवर १४ ओै महादिवेशसनमा महादिवेशसन प्रतिनिधिमा सामान्य मतान्तरले पराजित भएकी हुन् ।

यस्तै अर्की महिला पत्रकार लक्ष्मी रोकायले डोटीको आदर्श गाउँपालिकाको उपाध्यक्षमा दाबी प्रस्तुत गरेकी छन् । लामो समय पत्रकारिता क्षेत्रमा काम गरेकी रोकाया नेपाल प्रेस युनियन डोटी शाखाको उपाध्यक्ष हुनुहुन्छ । यस्तै २८वर्षीय रोकाया काङ्ग्रेसको १४ ओै महादिवेशसन वाट प्रदेश प्रतिनिधिमा निर्वाचित हुन् ।
