घोषणापत्रमा भएका ८० प्रतिशत काम पुरा भएका छन् : मल्ल 

डोटी : एमालेले २०७४ सालको स्थानीय तहको निर्वाचनको बेला घोषणा पत्रमा राखेका ८० प्रतिशत काम गरेको एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले बताए । उनले एमालेले विजयी हासिल गरेका पालीकामा घोषणापत्रमा रहेका ८० प्रतिशत काम सम्पन्न गरेको र केही सम्पन्न हुने क्रममा रहेको बताए ।
त्रिवेणी एफएमको बहसमूलक कार्यक्रम तरङ्गमा कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । कसैले यसको प्रमाण खोजे कहाँ कसरी भयो भन्ने कुरा आफूले बताइदिने पनि उनले बताए । बाँकी रहेका कामहरू पूरा गर्न पुनः पनि जनताले एमालेलाई विजय गराउनु पर्ने उनको भनाई छ ।
Sayalb
“हिजो एक अर्काको टाउकोको मूल्य तोक्नेहरू एक भएका छन्, उनले भने, सत्ताको स्वार्थका लागि यिनीहरू एक भएका हुन् ।” अहिलेको पाँच दलिय गठबन्धनको भविष्य आफूले नदेखेको पनि उनले बताए । फरक फरक बिचार धार भएका पार्टीहरूका बिचमा चुनावी तालमेल भएकाले यसको भविष्य नरहेको बताए ।
आफ्नो पार्टीले २०७४ को स्थानीय तहको निर्वाचनमा डोटीका ५ पालिकामा जित हासिल गरेको र आसन्न निर्वाचनमा थप स्थानीय तहमा जित हासिल गर्ने बताए ।
Shaileshwori
Loading...