माओवादीबाट दिपायल सिलगढीको प्रमुखमा साउद तथा उपप्रमुखमा नेपाली उम्मेदवार

डोटी : माओवादी केन्द्रले डोटीको दिपायल सिलगढी नगरपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । नगरपालिकाको प्रमुखमा खगेन्द्र बहादुर साउँद (केवी) र उपप्रमुखमा गीता सोव नेपाली लाई उम्मेदवार बनाएको माओवादी केन्द्र दिपायल सिलगढी नगर सङ्गठन कमिटीले जानकारी दिएको छ ।

सामाजिक क्षेत्रमा विशेष दखल भएका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरू माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत हुन् । नगर प्रमुखका उम्मेदवार केवी साउद लामो समय देखी समाजसेवामा आबद्ध थिए ।
Sayalb
व्यवसायीक क्षेत्रबाट उदय भई समाजसेवी लागेका साउदले विगत ११ वर्ष देखि नगर क्षेत्रमा रहेका गरिब, असहाय, जेष्ठनागरिक, एकल महिला, अपाङ्ग, लगायतका व्यक्तिहरूलाई सम्मान गर्दै जाडोमा न्यानो कपडा वितरण, राहतका लागि खाद्यान्न सामाग्री सहयोग, जेहेन्दार गरिब बालबालिकाहरूलाई अध्ययन खर्च, नगर सरसफाइका लागि डस्पिन वितरण, सडकमा यात्रु प्रतीक्षालय, नगरपालिका क्षेत्रका माध्यमिक विद्यालयहरूमा छात्र वृत्तिका लागि एकएक लाखको अक्षयकोष लगायतको कार्य व्यक्तिगत खर्च बाट गर्दै आएका व्यक्ति हुन् ।
यस्तै उपप्रमुखका उम्मेदवार नेपाली पनि लामो समय देखि समाजसेवामा संलग्न महिला अधिकारकर्मी हुन् । नेपालीले पनि समाजसेवीको रूपमा पहिचान बनाएका छन् । महिला विरुद्ध हुने घटनाहरूमा अग्र मोर्चामा रही   न्यायका लागि लड्ने क्रियाशील महिला हुन् । त्यस्तै नेपाली दलित समुदायको उत्थानका लागि क्रियाशील रहेकी छन् । महिला र दलित समुदायका थुप्रै समास्याहरुमा नेपालीले आवाज उठाउँदै आएकी छन् ।
Shaileshwori
Loading...