डोटीमा माओवादी र समाजवादी पार्टीले चुनावी तालमेल गर्ने

डोटी :  आसन्न स्थानिय तहको निर्वाचनमा डोटी जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलबिचमा सहमति नभएपछि माओवादी र समाजवादीले चुनावी तालमेल गर्ने भएका हुन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले राष्ट्रिय जनमोर्चालाई पनि समेटेका छन्, काँग्रेस भने एक्लै चुनाव लड्ने भएको छ । चुनावी तालमेलका लागी लामो समयसम्म सत्ता गठबन्धनका दलहरूमा छलफल भए पनि पार्टीका आआफ्नै अडानका कारण तालमेल हुन सकेन ।
Sayalb
माओवादी केन्द्रले एउटा नगरपालिकाको प्रमुख, उपप्रमुख, ४ गाउँपालिकाको अध्यक्ष तथा ३ गाउँपालिकाको उपाध्यक्ष र समाजवादीले एउटा नगरपालिकाको प्रमुख, उपप्रमुख, ३ गाउँपालिकाको अध्यक्ष तथा ४ गाउँपालिकाको उपाध्यक्ष पाउने भएको छ । माओवादी केन्द्रले ४० वडाको वडा अध्यक्ष र एकीकृत समाजवादीले २३ वडाको वडा अध्यक्ष पाउने छन् भने एक ओटा वडाको वडा अध्यक्ष राष्ट्रिय जनमोर्चाको भागमा परेको छ ।
Shaileshwori
Loading...