डोटीमा काँग्रेस एक्लै चुनाव लड्दै, पालिका उम्मेदवारको टुङ्गो लगायो 

डोटी : नेपाली काँग्रेसले आसन्न निर्वाचनका लागि डोटीका पालिकाका उम्मेदवारको टुङ्गो लगाएको छ । सत्ता गठबन्धनका दलहरूका बिचमा सहमति नभएपछि एक्लै चुनाव लड्न लागेको काँग्रेसले जिल्लाका नौ ओटै पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको टुङ्गो लगाएको हो ।
डोटी जिल्लामा दुई नगरपालिका र सात ओटा गाउँपालिका रहेका छन् । काँगेसले दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा  बाजी सिंह खड्का तथा उपप्रमुखमा कलावती साउँद र शिखर नगरपालिकाको प्रमुखमा दीर्घ बहादुर बलायर र उपप्रमुखमा सुनिता रावल जोरालाई उम्मेदवार बनाएको छ ।
Sayalb
त्यस्तै बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा डिल बम र उपाध्यक्ष बिस्ना देउवा बम, केआईसिंह गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र बहादुर  शाही र उपाध्यक्ष मिना देवी बिस्ट, आदर्श गाउँपालिकाको अध्यक्षमा गणेश खड्का र उपाध्यक्ष लक्ष्मी रोकाया, जोरायल गाउँपालिकाको अध्यक्षमा दीपक बिस्ट र उपाध्यक्षमा चन्द्रा साउँद, बडिकेदार गाउँपालिकाको अध्यक्षमा भैरव साउद र उपाध्यक्षमा डम्बरी विष्ट कलेल, पुर्वीचौकी गाउँपालिकाको अध्यक्षमा राम प्रसाद उपाध्याय र उपाध्यक्षमा पशुपति खड्का र सायल गाउँपालिकाको अध्यक्षमा धर्म राज जोशी तथा उपाध्यक्षमा निर्मला बोहरा उम्मेदवार छन् ।
उम्मेदवार सबै जनाले आज नै मनोनयन दर्ता गर्ने छन् ।
Shaileshwori
Loading...