Before Header
After Navigation

क्षमताभन्दा बढी यात्रु बोक्दै डोटीका जिप, नियमन निकाय भने मुकदर्शक

डोटी – डोटीमा संचालनमा रहेका सार्वजनिक यातायातका जिपहरुले सिट पास भन्दा भन्दा बढी यात्रु बोक्ने गरेका छन् । यातायात समितीले सिट क्षमता भन्दा बढी बोक्न अनुमति नदिएको भए पनि डोटीमा संचालनमा रहेका विभिन्न कम्पनीका जिपहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छन्।

स्थानीय तहको चुनाव नजिकिए संगै जिल्लाको ग्रामिण सडक, वगलेक, लडागडा, गाजरी, पोखरी लगायतका स्थानमा संचालनमा रहेका सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको पाइएको हो ।

Sagan sahari bhawan nirman aayojana

शैलेश्वरी सार्वजनिक यातायातमा दर्ता भई वर्षौदेखि सिट पास भन्दा बढी यात्रु बोकेर जिप गाडी ग्रामीण सडकमा संचालन हुँदा दुर्घटनाको जोखिम बढेको छ। क्षमता बढी यात्रु संगै मालसामान ओसार पसार हुदै आए पनि नियमन निकाय प्रशासन, ट्राफिक प्रहरी मुकदर्शक बनेका छन्। ।


सिट क्षमता भन्दा बढी यात्रु बोके नबोकेको बारेमा अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले खासै अनुगमन नगर्दा क्षमता भन्दा बढी यात्रु बोक्ने जिपहरुलाई सहज भएको आम सर्वसाधारणको भनाई छ ।
यसको बारेमा बुझ्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले भने अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी संकर बिष्टको भनाई छ ।

Shaileshwori
Loading...