
डोटी- डोटीको पुर्वाीचौकी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपका) उमेदवारले पालिका तथा वडा अध्यक्षका लागी आफ्नो मनोनयन दर्ता गराएका छन् । यहि बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा सोमबार निर्वाचन अधिकृतको कार्यालय पुर्वीचौकी गाउँपालिकामा आफ्नो उमेदवारी दर्ता गराएका हुन् ।

पार्टीबाट पुर्बिचौकी गाउँपालिको अध्यक्षका लागि दिपक बहादुर धामीले उम्मेदवारी दर्ता गर्नु भएको छ । त्यस्तै गाउँपालिका अन्तरगतका वडाहरूबाट वडा अध्यक्ष पदका लागी विभिन्न उमेदवारले मनोनयन दर्ता गराएका दिपक धामीले बताउनु भयो । गाउँपालिकाको वडा नम्बर २ बगलेक बाट ललित ठकुल्ला, वडा नम्बर ३ गैरागाँउबाट धन बहादुर रावत र वडा नम्बर ६ गाँजरी बाट प्रकाश थापा लगायतका वडा सदस्यहरुले उमेदवारी दर्ता गराएका छन् ।
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार धामी नेपाली सेनाबाट रिटायर भए आएपछी राप्रपा बाट पालिका अध्यक्ष पदका लागी उम्मेदवारी दिएका हुन्। विगत देखि आफ्नो गाउँ, ठाँउ समाजमा भ्रष्टाचारको उन्मुलन गर्ने प्रयास गर्दै आएका धामी “हाम्रो नेपाल, हामी नेपाली” भ्रष्टाचार विरुद्धको महाअभियान संचालन कमिटीमा सयोजक समेत हुन् । भ्रष्टाचारका घोर बिरोधी वर्ष ३५ का धामी शक्तिशाली देश र जनाताको सेवामा पहिले देखि नै तत्परता देखाउने व्यक्ति हुन् ।
