‘विप्लव’को नेकपा फुट्यो, नयाँ पार्टी खोल्दै हेमन्त र धर्मेन्द्र

Sayalb

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ। महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्य सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट निष्कासन गरेसँगै विभाजन भएको छ।

ओली बास्तोलाले नयाँ पार्टी दर्ताको तयारी गरिरहेको उनीनिकट स्रोतले बतायो। स्रोतले भन्यो, ‘हामीले पहिला पनि पार्टी दर्ताको बिषयमा निर्वाचन आयोगमा पुगेर छलफल गरेका थियौँ। निर्वाचनको माहोल भएका सम्भव भएन। पार्टीमा हामी नै बहुमत छौँ। उनीहरुसँग २३/२३ जना केन्द्रीय सदस्य मात्रै छन्।’

ओली बास्तोला समूहले आफ्नो समूहमा ४२ जना भन्दा धेरै नेता रहेको दाबी गरेको छ।

निर्वाचनमा सहभागी हुने बिषयले नेकपामा विवाद बढेको थियो। महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड निर्वाचनको पक्षमा उभिँदा ओली बास्तोला भने संसदीय व्यवस्था स्वीकार गरेर निर्वाचनमा सहभागी हुन नसक्ने अडानमा थिए।

Shaileshwori
Loading...