पेट्रोलियम पाइपलाइन शुरु भएको एक बर्ष पुरा

डोटी भदौ, २४

नेपाल आयल निगमले भारतबाट पाइपलाइनमा तेल ल्याउन थालेको आज एक बर्ष पुगेको छ । पाइपलाइन मार्फत तेल ल्याउन थालिएपछि प्रतिलिटर २ रुपौयाँ बचत हुँदा एक बर्षमा १ अर्ब ६ करोड ८२ लाख ६० हजार बराबर रकम बचत भएको छ ।
बिगतमा आउने गरेकोभन्दा धेरै परिमाणमा तेल आइरहेको पनि आयल निगमले जनाएको छ । गत साल आजकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एकैसाथ अनलाइनमार्फत स्वीच थिचेर अमलेखगञ्जस्तिथ पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए । पाइपलाईन मार्फत तेल आउन थालेपछि चोरी निकासीमा कमि, सुद्धतामा सुधार, बातावरण प्रदुषणमा कमि जस्ता कुराहरु भएको जनाइएको छ ।
