
तेजु ओली
डोटी – स्थानीय तहको चुनाब नजिकिए सँगै दलित महिला संघ फेडो डोटीले मतदाता शिक्षा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ।
हाम्रो मत हाम्रो अधिकार,बन्छ भबिस्यको सुनौलो अधिकार भन्ने नारा सहित ब्रेड फर द वर्ल्ड (Bread for the world )को आर्थिक सहयोग र फेडो को आयोजनामा दलित महिलाको बिकास र सामाजिक न्यायका लागि साशन सुदृढीकरण परियोजनाले उक्त कार्यक्रम गरेको हो ।

दलित महिला संजाल सदस्यहरूको लागि चुनाबमा धेरै मत अन्जानमा बदर हुने भएकाले नागरिक तथा मतदाता शिक्षा सामुहिक सचेतनाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरेको जिल्ला परियोजना संयोजक योगेश मल्ल ले जानकारी दिनुभयो।
जिल्ला सदरमुकाम सिलगढी मा आयोजित उक्त कार्यक्रममा संस्थाका कार्यबहाक अध्यक्ष लक्ष्मी बादी को अध्यक्षता मा सन्चालित अभिमुखीकरण कार्यक्रम मा ३० जाना दलित महिला संजाल सदस्यहरू सहभागी रहेका।केहि दिनमै दिपायल सिलगढी नगरपालिकामा पाँचवटा संजालमा संचालन गरिने जनाएको छ। जुन अभिमुखीकरणमा पाँच वटा संजाल बाट ६ जना गरी ३० सहजकर्ता छनोट गर्ने र १५० वटा सचेतनाका अभियान चलाउदै कम्तीमा ३ हजार जना लाई प्रत्यक्ष रूपमा नागरिक तथा मतदाता शिक्षा संचालन गरिने संस्था ले जनाएको छ।
उक्त मुल नाराका साथ छुवाछुत निषेधित तथा बिभेद पुर्ण समाज निर्माण गर्न समाबेशी तथा समानुपातिक प्रतिनिधित्वका लागि योग्य प्रतिनिधि तथा दलित प्रतिनिधी छनोट गर्न अभियान साथ दलित तथा महिला मैत्री प्रतिनिधि छनौटका लागि सचेतना जगाउन अभियानको थालनी गरेको जनाएको छ।
