
डोटी – सुदूरपश्चिम समाज दक्षिण कोरिया २०६२ सालमा आफ्ना कला,भाषा संस्कृतिको संरक्षण तथा बिभिन्न सेवा गर्ने हेतुले स्थापना भई हालसम्म निरन्तर सेवा गरिरहेको छ।

स्थापना कालदेखि नै कोरियामा अप्ठ्यारोमा परेका नेपाली तथा सुदूरपश्चिमेली दाजुभाई दिदि बहिनिलाई आइपरेका समस्याको समाधान गराउने प्रयास गर्दै आएको छ। बेलाबेलामा नेपालबाट कलाकार बोलाई सास्कृतिक कार्यक्रम गर्ने, देशमा परेका बिपत्तिमा बेला बेलामा सहयेग गर्ने गरेको सुदूरपश्चिम समाज दक्षिण कोरियाका महासचिब कृष्ण भण्डारीले बताए।
संस्थाले कोरोनाका बेला पनि पि सि आर मेसिन खरिद गरेर स्वदेश पठाउने तथा गरिब दिनदुःखी र बिभिन्न रोगि पिडितलाई सहयोग गर्दै आएको महासचिव भण्डारीले बताए। १५ कार्यसमिति रहेको संस्था हाल यज्ञमान नायकको नेतृत्वमा चलिरहेको छ।
यसैगरि कला संस्कृतिको जगेर्नाको लागि सास्कृतिक तथा गजल वाचन कार्यक्रम जस्ता कार्यक्रमहरु पनी बेलाबेला गर्दै आएको संस्थाले जनाएको छ । यसै महिना कोरियाबासी दाजुभाई कोरिया नियम कानुनको जानकारी नभई बिभिन्न समस्यामा परेको कुरालाई मध्यनजर गर्दै समाजका अध्यक्ष यज्ञमान नायकको सभापतित्व तथा राजदुतावास दक्षिण कोरियाकि सहचारी रमा भट्टराईको प्रमुख आथित्व ,एम टियुका अध्यक्ष उदय राईको बिशेष उस्थिति र सगयोग तथा सामाजका उपाध्यक्ष महेश बजगाईको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको छ। राईले कोरियाका नियमको जानकारी र कोरिया रहेका दाजुभाई तथा दिदि बहिनिको समस्याको समाधानका उपाए बताउनु भएको थियो।
