डोटीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु एक घाइते

तेजु ओली, डोटी

Sayalb

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आइतबार जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ गेरपानी स्थित सेती-महाकाली राजमार्गमा से १ त ९२६४ नम्बरकाे ट्याक्टर दुर्घटना हुँदा चालक को मृत्यु भएको हो । प्रहरीका अनसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ३४ बर्ष का प्रेम कुमार कठरीयाकाे धटनास्थल मै मृत्यु भएको छ । ट्याक्टरमा सवार शिखर नगरपालिका वडा न २ कठाली बस्ने २२ बर्ष कि कलावती बोगटी घाइते भएकी छन । उनको अवस्था सामान्य रहेको उपचारका लागि सुजुङग अस्पताल पुर्याएको छ ।
घटना स्थलमा प्रहरी पुगेको र शवको पाेष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
कालागाड देखि दिपायल आउने क्रममा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जनाएको छ ।

Shaileshwori
Loading...