निर्वाचनमा महिला, दलित तथा सीमान्तकृत समुदायकाको सहभागिता विषयक कार्यक्रम

वैशाख २४, डोटी

आसन्न स्थानीय तह सदस्यको निर्वाचनमा महिला, दलित तथा सीमान्तकृत समुदायका व्यक्तिहरूको सहभागिता सहजरुप हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । शनिवार डोटीको सिलगढीमा बास नेपालले आयोजना गरेको स्थानीय तह निर्वाचनमा महिला, दलित तथा सीमान्तकृत समुदायको सहभागिता विषयक प्रदेश स्तरीय सार्वजनिक संवाद कार्यक्रमका सहभागीले उक्त कुरा बताएका हुन् ।

गत निर्वाचनको तुलनामा यस निर्वाचनमा महिलाको प्रतिनिधित्व बढ्ने आकलन गरिए पनि डोटी जिल्लामा त्यसो भएन । हाल जिल्ला भरिका ६४ ओटा वडा मध्ये एक वडामा मात्रै एक जना महिलाको वडा अध्यक्षमा उम्मेदवारी छ । पालिकामा पनि महिलाको उम्मेदवारी उपप्रमुख र उपाध्यक्षमा मात्रै रहेको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका बिचमा गठबन्धन हुँदा धेरै पालिकामा उपप्रमुख र उपाध्यक्षमा पुरुष नैै उम्मेदवार छन् । यस कारण पनि महिलाको उपस्थिति कम हुने आशङ्का नागरिकमा छ ।

 मतदानका गर्ने बेला पनि महिलाले पुरुषको अधीनमा बसेर मतदान गर्नु पर्ने अवस्था ग्रामीण भेगमा रहेको कार्यक्रमका सहभागीले बताए । कार्यक्रममा स्थानीय तह सदस्यको निर्वाचनमा महिला, दलित तथा सीमान्तकृत समुदायका व्यक्तिहरूको सहभागिताको अवस्था, उनीहरूका समस्या, चुनौती, जिल्लामा शान्ति सुरक्षाको अवस्था, आचारसंहिताको पालना लगायतका विषयमा छलफल गरिएको थियो ।

Sayalb

निर्वाचनलाई मर्यादित, सु व्यवस्थित रूपमा सम्पन्न गर्नको लागि आफूहरू कटिबद्ध भएर कार्य गरिरहेको प्रमुख निर्वाचन अधिकृत विदुर काफ्लेले बताए । प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत लगायतका कर्मचारीहरू खटाउने कार्य जारी रहेको उनले बताए ।

प्रत्येक नागरिकले सोविबेक प्रयोग गरी मतदान गर्नु पर्ने डोटीका प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टले बताए । विवेक प्रयोग गरिएन भने पाँच वर्षसम्म पछुताउनु पर्ने अवस्था आउने हुँदा आफ्नो अधिकारको सदुपयोग गर्न उनले सबैलाई आग्रह गरे । जिल्लाको शान्ति सुरक्षा मजबुत गरेको बताउँदै भयरहित वातावरणमा मतदान गर्न उनले सबै नागरिकलाई भनेका छन् ।

पत्रकार तथा मानव अधिकारकर्मी रामहरि ओझाले सहजीकरण गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्ट, डोटीका प्रमुख निर्वाचन अधिकारी विदुर काफ्ले, प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, महिला, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...