डोटीमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक

डोटी : आसन्न स्थानीय तह सदस्य निर्वाचनलाई लक्षित गर्दै डोटीमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । वैशाख २७ गते देखी निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र सेवनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टले बताए ।

वैशाख ३० गते सम्पन्न हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा मदिराजन्य पदार्थको सेवन तथा बिक्री वितरण गर्ने कार्यले असर गर्ने भएकाले मदिरा निशेष गरिएको बताइएको छ ।

Sayalb

नियमको कसैले अवज्ञा गरी मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताइएको छ ।

Shaileshwori
Loading...