
डोटी : खुटिया दिपायल फास्ट ट्रयाक सडक कार्य सम्पन्न गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । डोटीको दिपायल पुगेका प्रचण्डले फास्ट ट्र्याकको सुरुवात आफूले गरेको दाबी गर्दै सडकको विस्तार, सुदृढ र कालोपत्रे गर्ने कार्यमा आफूहरूले सहयोग गर्ने बताएका हुन् ।
यस्तै एकीकृत खप्तड पर्यटन विकासको प्रक्रियाको सुरुवात आफू प्रधानमन्त्री हुँदा गरेकोले पूर्णता पनि आफूहरूले दिने उनले बताए । यश प्रक्रियाले डोटेली जनताको आर्थिक सम वृद्धिको निम्ति सहयोग गर्ने विश्वास व्यक्त गरे ।

आसन्न स्थानीय तहको निर्वाचन नजिकिए सँगै विभिन्न दलका शीर्ष नेताहरू गाउँ केन्द्रीकृत भएका छन् । यसै क्रममा प्रचण्ड, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टी दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको चुनावी आमसभामा सहभागी हुन दिपायल पुगेका हुन् । डोटीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनमोर्चा बिचमा चुनावी तालमेल भएको छ भने काँग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।
प्रचण्डले आजै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा आयोजना गरिएका चुनावी कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
