केबी र विष्टको पछाडि म छु तपाई ढुक्क हुनुहोस् : प्रचण्ड

केबी र विष्टले जिते योजना लिएर आउने बाचा

डोटी : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिपायल सिलगढी नगरपालिकाका प्रमुखका उम्मेदवार खगेन्द्र साउँद (केबी) र उपप्रमुखका उम्मेदवार ऐश्वर्या विष्टको पछाडि आफू उभिने बताएका छन् । प्रमुखका उम्मेदवार केबी र उपप्रमुखका उम्मेदवार विष्टको पछाडि दुई पूर्व प्रधानमन्त्री आफू र माधव कुमार नेपाल रहेको प्रचण्डले बताए । माओवादीबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार साउद र एकीकृत समाजवादी पार्टीबाट उपप्रमुखका उम्मेदवार विष्टलाई मत माग्दै नगरपालिकाबासीलाइ ढुक्क हुन भनेका छन् । उनिहरुलाई केन्द्रबाट हुने सहयोग पुरा रहने बताएका हुन् ।

Sayalb

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी दिपायल सिलगढी नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको चुनावी सँभालाइ सम्बोधन गर्न डोटीको दिपायल पुगेका प्रचण्डले दिपायल चार पटक आएको बताए । साउद र विष्टलाई जनताले जिताए पुन बधाई दिन दिपायल आउने उनले बताए ।

“विजयी गराउनुहोस् खगेन्द्र र ऐश्वर्यालाई म बधाई दिन फेरी आउने छु, उनले भने, तपाइहरूसँग केही योजना लिएर आउने छु ।” आफ्नो पार्टीका उम्मेदवारले चुनाव जिते केही योजना दिपायल सिलगढीमा ल्याउने बताएका छन् । तर ती योजना केके हुन् भन्ने खुलाएनन् ।

Shaileshwori
Loading...