
मोहन ठकुल्ला, डोटी

डाेटीमा बस दुर्घटना हुँदा ३० जना घाईते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको सु.प.प्र. ०१००१ ख ३१०८ नम्बरको बस जिल्लाको पुर्बिचौकी गाउँपालिका ४ सानागाँउमा दुर्घटनामा परेको हो । सानागाँउ प्रहरी चाैकी नजिक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डाटीले जानकारी दिएकाे छ । बस सडक बाट करिब ३० / ४० मिटर तल खसेकाे छ ।
घाइतेहरू मध्य सामान्य घाइतेकाे स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेकाे र अन्य घाइतेहरूलाई उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याउने कार्य भइरहेको डाेटीका प्रहरी नायव उपरीक्षक ( डिएसपी) भाेला भट्टले जानकारी दिनुभएकाे छ। घटनाबारे थप अनुसन्धान भैरहेकाे जनाएकाे छ ।
