
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा ६३ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको स्थानिय तह सदस्य निर्वाचनको मतदानमा जम्मा मतदाता संख्याको ६३.३१ प्रतिशत मत खसेको हो । गाउँपालिका भरीमा जम्मा दश हजार ७९ मतदाता रहेका छन् । जम्मा मतदाता मध्ये ६ हजार दुई सय ८२ मतदाता मतदानमा सहभागी भएका हुन् ।
बोगटान फुड्सिल गाउँपालिकाका ७ वटै वडाका १४ ओटा मतदान केन्द्रबाट मतदान गरिएको थियो । वडा नम्बर १ सिमचौरमा जम्मा एक हजार सात सय ८२ मतदाता मध्ये एक हजार एक सय ८७ जना, वडा नम्बर २ केदारअखडामा एक हजार ५२ मतदाता मध्ये सात सय १४ जना, वडा नम्बर ३ कानाचौरमा जम्मा एक हजार १ सय ८६ जना मध्ये ६ सय ५९ जना र वडा नम्बर ४ सात्फरीमा एक हजार ५ सय ९९ जना मध्ये एक हजार ६२ जनाले मतदान गरेका छन् ।

त्यस्तै वडा नम्बर ५ धिर्कामाण्डौमा ९ सय ९९ मतदाता मध्ये ६ सय ९६ जना, वडा नम्बर ६ गगुडामा १ हजार ६ सय १२ जना मतदाता मध्ये एक हजार एक जना र वडा नम्बर ७ चवरा चौतारामा एक हजार ८९ जना मतदाता मध्ये एक हजार ६३ जनाले मतदान गरेको बोगटान फुड्सिल गाउँपालिकाका निर्वाचन अधिकृत नरेन्द्र देवकोटाले बताए ।
अहिले मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको छ ।
