
डोटी : डोटीमा हिँडिरहेको जिप माथि रुख खस्दा तिन जना घाइते भएका छन् । जिल्लाको राजपुरबाट केआईसिंह गाउँपालिकाको सलेना तर्फ गइरहेको सु.प.प्र. ००१ ज. १३२९ नम्बरको जिप माथि रुख खस्दा ३ जना घाइते भएका हुन् ।

१३ जना यात्रु सवार रहेको जिपमाथि शुक्रवार साँझ खुटिया दिपायल फास्ट ट्र्याक सडक अन्तरगत केआईसिंह गाउँपालिका ७ चौर स्थित रुख ढलेको श्री भैरव प्रसाद गण सुल्लेकले बताएको छ ।
घाइतेहरूको श्री भैरव प्रसाद गण सुल्लेक सुरक्षा बेसबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय राजपुरको संयुक्त टोलीले उद्धार गरेका हुन् । घाइते २२ वर्षीय पदमराज जोशी, २७ वर्षीय भरत खड्का र २९ वर्षीय गाडी चालक कृष्ण बलायरको शैलेश्वरी हस्पिटल दिपायलमा उपचार भइरहेको छ । जिपमा सवार अन्यको अवस्था सामान्य रहेको छ । जिपको हुट र वाइपर ग्लासमा क्षति पुगेको छ ।
