शारीरिक स्वास्थ्य परीक्षण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

तेजु ओली, डोटी

Sayalb

स्वास्थ्य फोकल शिक्षकहरूको लागि शारीरिक स्वास्थ्य परीक्षण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। आइतवार जिल्ला सदरमुकाम सिलगढीमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा र समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीको आयोजनामा आयोजित कार्यक्रममा दिपायल सिलगढी नगरपालिका, आदर्श, पुर्बीचौकि र सायल गाउँपालिका ४५ जना शिक्षकलाइ अभिमुखीकरण कार्यक्रम को आयोजना गरेको बाल संरक्षण अधिकृत दिपिका बोहराले जानकारी दिनुभएको छ। तालिममा जिल्ला अस्पताल डोटीका डाक्टर समिक सिंहले अभिमुखीकरण तालिम दिनु भएको थियो

कार्यक्रम लागु भएका चार पालिकाका १७ हजार बालबालिका लाभान्वित हुने गरि उनिहरुको पोषण अवस्था, दृष्टि, श्रबण क्षमता र दातको सामान्य परिक्षण हुने गरि प्रत्येक विद्यालयका एक जना फोकल प्रशनलाइ उक्त अभिमुखीकरण कार्यक्रम गरेको हो ।
शारिरिक स्वास्थ्य प्रारम्भिक जाँचमा विद्यार्थीको शारीरिक बौद्धिक अबस्था र सामान्य शारिरिक जाच गर्दा भबिश्यमा हुने क्षेतिको समयमै पहिचान भएर त्यो अनुसारको उपचार गर्न सजिलो होस भनेर उक्त कार्यक्रमको आयोजना गरेको स्पोन्सरसिप फिल्ड संयोजक गांगी बलायरले बताउनुभयो।
शारिरिक स्वस्थ्य प्रारम्भिक जाँच भएकाले शारिरिक स्वस्थ्य समस्या हरुको निदान नभइ विद्यालय स्तरमा गरिने सामान्य शारिरिक जाच भएको हुदा यस जाच को क्रममा विद्यार्थीमा हुने कुनै स्वास्थ्य समस्याको पहिचान भएमा अभिभावकलाइ जानकारी गराउने र स्वास्थ्य संस्थामा लग्न सहयोग होस भनेर प्रत्येक ६ महिनामा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने संस्थाले जनाएको छ।

Shaileshwori
Loading...