
डोटी : बागेश्वरी असल शासन क्लब (बास) नेपालले डोटीको शिखर नगरपालिका अन्तर्गतका युवा स्वयंमसेवकहरुलाई क्षमता विकास सम्बन्धी अभिमुखीकरण गरेको छ । डोटी जिल्लामा कोभिडको समयमा सेवा प्रदायक निकाय र स्थानीय सरकारलार्ई सहयोग पुर्याउने उद्देश्यका साथ छनोट गरिएका १२ जना युवा स्वयंमसेवकहरुलाई कोभिड बाट बच्न र बचाउन अपनाउने उपायहरूको बारेमा जानकारी गराइएको छ ।
स्वयंम सेवकहरुले पालिका र जिल्लाका विभिन्न स्थानमा गएर जनचेतना मूलक कार्यक्रम गर्ने, कोभिडको बारेमा जानकारी गराउने, पूर्ण खोप युक्त वडा तथा पालिका घोषणामा सहयोग गर्ने, स्वास्थ्य सामाग्री मास्क सेनिटाईजर वितरण गर्ने, कोभिडबाट सङ्क्रमित र अन्यको व्यवहारलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर विभिन्न किसिमका कार्यक्रमहरू संचालनगर्ने, सामाजिक रूपमा रहेका विभिन्न कुरुती विसङ्गतिको विरुद्धमा विभिन्न अभियानहरू सञ्चालनमा सहयोग गर्नुपर्ने लगाएको जिम्मेवारी रहेको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए । अभिमुखीकरण कार्यक्रममा शिखर नगरपालिका अन्तर्गतका विभिन्न वडाका १२ जना युवायुवतीहरूको सहभागिता रहेको थियो ।

युनिसेफको सहयोगमा बास नेपालले सुदूरपश्चिम र कर्णाली प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा बाल संरक्षण, जोखिमपूर्ण सञ्चार सामुदायिक संलग्नता र लैगिंक हिंसा न्यूनीकरण परियोजना सञ्चालनमा रहेको छ ।
