Before Header
After Navigation

चालक दलका सदस्यसहित २२ यात्रु सवार तारा एयरको विमान सम्पर्क बिहिन

काठमाडौं : पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

Sagan sahari bhawan nirman aayojana

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् । रातोपाटीबाट

Shaileshwori
Loading...