
काठमाडौं : आइतवार विहानबाट हराइरहेको तारा एयरको विमान फेला परेको छ । चालक दलका ३ सदस्यसहित २२ जना सवार विमानलाइ आज नेपाली सेनाले फेला पारेको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।

खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।
तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको थियो । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
