अति विपन्नको सहारा बन्दै उपेक्षित 

नारद नेपाली
डोटी, जेठ २०
डोटीमा रहेका एकल महिला, अपाङ्ग, हिंसा पीडित, आर्थिक स्थिति कमजोर भएका र कोभिडबाट प्रभावित कृषक उद्यमीहरूका लागि उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च सहारा बन्दै गएको छ ।
जिल्लामा स्थित दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र सायल गाउँपालिकाका एकल महिला, अपाङ्ग, हिंसा पीडित, आर्थिक स्थिति कमजोर भएका र कोभिडबाट प्रभावित कृषक उद्यमीहरूको आर्थिक अवस्था माथि उकास्न कालागि बाख्रा तथा कुखुरा पालन, तरकारीका खेती, खुद्रा पसल, टेलर, हियर कटिङमा लागेका केही व्यक्तिहरूलाई व्यावसायिक बनाउन उत्साह दिने र आर्थिक सहयोग गर्ने गर्दै आएको छ ।


लुथरन विश्व फेडेरेशन नेपाल, अस्ट्रेलियन सरकार सरकारको आर्थिक सहयोग र उपेक्षित समुदाय शश्क्तिकरण तथा विकास मञ्च डोटीद्वारा संचालित कोभिड १९ इमरजेन्सी रेस्पोन्स फर नेपाल परियोजना अन्तरगत तीन ओट पलिकामा व्यवसाय सञ्चालनको लागि १ सय २० जना र तरकारीको बीउ १ सय ४० जनालाई गत भाद्र र असोजमा व्यवसाय गर्ने पर व्यक्तिलाई १३ हजारका दरले सहयोग गरेको र तरकारीको बीउ प्रत्येक व्यक्तिलाई ३ हजार बराबरको सहयोग गरेको उपेक्षित समुदाय शश्क्तिकरण तथा विकास मञ्च डोटी कार्यक्रम अधिकृत भक्तराज उपाध्यायले जनाकारी दिनुभयो ।

Sayalb


एक कार्यक्रमको आयोजना गर्दै बुधवार र बिहीबार कार्यक्रम लागु भएका पालिका दिपायल सिलगढी नगर पालीका र शिखर नगर पलिकामा एकल महिला, अपाङ्ग हिंसा पीडित आर्थिक स्थिति कमजोर र कोभिडबाट प्रभावित कृषकहरूलाई कार्यसमिति लगायत कर्मचारी र पत्रकारहरूको टोलीले अनुगमन गर्दा सच्चीकै संस्था सहारा भएको अनुगमन टोलीको भनाई रहेको छ ।


अनुगमनको क्रममा विभिन्न ब्यक्तीहरुलाई भेट्दा संस्थाको थोरै लगानीले धेरै व्यक्तिहरूले आफ्नो आर्थिक अवस्था सुधार देखि व्यवसाय संचाला गरेको देख्न पाउँदा आफूलाई औधी खुसिलागेको संस्थाकी उपाध्यक्ष बिस्ना सिंहले बताउनु भयो ।


संस्थाले दिएको सहयोगबाट आफूले १ बाख्रा किनेको आजभोलि एक बाख्रा बाट तिन ओटा बाख्रा भएको अझै यसमा लाग्ने र राम्रो ब्यवसाहरुमा नै बाख्रा व्यवसायमा लाग्ने एकल महिला कुन्ती मल्लले भन्नू भयो ।
दिपायल सिलगढी नगर पालिका ५ घोलताडा कि पुनि भण्डारी ले खुसिहुदै भन्नू भयो कुर्सानि,मुला ,रायो, भेन्टा,टमाटर ,काँक्रा तिते करेला , लौका, बोडी, सिमी, काउली बन्दाको बिउँ पाएपछि यसलाई फलायस आफूलाई खाएर पानी नजिकै बजार रहेकाले हजारौँको तरकारी बिक्री बताउनु भयो ।

Shaileshwori
Loading...