Before Header
After Navigation

डोटीमा नेपाली सेनाद्धारा रक कलाइम्बीङ प्रतियोगिता

गणेश मौनी
जेठ २०, डोटी
डोटी जिल्लामा हुनसक्ने बिपत तथा सवारी दुर्घटनालाई मध्यनजर गरी श्री नम्बर ५ बाहिनी अड्डा र श्री भैरब प्रसाद गणको संयुक्त आयोजनामा रक कलाइम्बीङ प्रतियोगिता डोटीमा सम्पन्न भएको छ ।

बिपतको समयमा नेपाली सेना घटनास्थलमा तत्काल परिचालन भई मानबिय तथा भौतिक क्षती हुनबाट जोगाउन फौजलाई तयारी हालतमा राख्न मदत पुग्ने हेतुले प्रतियोगिताको आयोजना गरेको भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत कार्कीले बताए ।

Sagan sahari bhawan nirman aayojana

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ स्थित उडीतोलामा आयोजना गरेको प्रतियोगितामा डोटी, अछाम, कैलाली र बाजुरा जिल्लामा तैनाथ रहेका गणहरुबाट माउण्टेन वारफेयर तालिम प्राप्त सकल दर्जाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम स्थान हात पार्न सफल भैरब प्रसाद गणका अमल्दार महेन्द्र सिंह रहेका छन त्यस्तै गरी द्धितिय स्थान प्राप्त गर्नेमा भवानी बक्स गणका नबराज शर्मा रहेका छन् भने तृतीय स्थान सिंहशार्दुल गुल्मका अमल्दार हरी कृष्ण भट्ट हासील गरेका थिए । प्रतियोगितामा सहभागिहरुलाई श्री नम्बर ५ बाहीनी अड्डाका सहायक बाहीनीपती महा सेनानी अन्जनकेशर खत्रीले प्रमाण पत्र तथा नगर पुरस्कार बितरण गरेका थिए ।

प्रतियोगितामा श्री नम्बर ५ बाहीनी अड्डाका सहायक बाहीनीपती, प्रमुख सेनानी, लगाएत नेपाली सेनाका अधिकृतहरु, पत्रकार र स्थानीयको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...