Before Header
After Navigation

पर्यटकीय तथा धार्मिक स्थल खप्तडमा जेठ २५ गतेबाट म्याराथन प्रतियोगिता हुँदै

डबल बम, डोटी

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय तथा धार्मिक स्थल खप्तडमा सुन्दर सुदूर पश्चिम शैलेश्वरी खप्तड म्याराथन प्रतियोगिता हुने भएको छ । डोटी उद्योग वाणिज्य सङ्घ डोटी, श्री ५ बाहिनी अड्डा राजपुर, डोटी श्री भैरव प्रसाद गण सिलगढी डोटीले आयोजन गर्ने उक्त प्रतियोगिता जेठ २५ गते बुधवार देखी सुरु हुने भएको छ ।

आइतबार दिपायल स्थित होटेल घटालमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराइएको थियो ।

Sagan sahari bhawan nirman aayojana

म्याराथन प्रतियोगितामा भलिबल, देउडा, रन फर फन जस्ता खेल सञ्चालन हुने छन् । म्याराथन दौड खप्तड देखि शैलेश्वरि मन्दिर सिलगढीसम्म ३२ किलोमिटर लामो हुने छ । उक्त दौडमा सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट दुई÷दुई जना र दुई जना अन्य गरी २० जना सहभागी हुनेछन् । नेपाली सेनाको सुर्खेत, दिपायल लगायत अन्य अड्डा बाट २५ जना गरी जम्मा ५५ जना सहभागी हुनेछन् । २५ गते बुधवार भलिबल बाट सुरु गरिने भएको छ । २६ गते देउडा प्रतियोगिता र २७ गते खप्तड बाट रन फर फन १४ किलोमिटरको हुनेछ ।

प्रतियोगितामा प्रथम म्याराथन विजेतालाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र ५ जनालाई १०/१० हजार पुरस्कार दिइने छ । प्रथम भलिबल टिमलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु १५ हजार तथा प्रथम देउडा प्रतियोगीलाई रु २५ हजार, द्वितीयलाई रु १५ हजार र तृतीयलाई रु १० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले २४ गते साँझसम्म भलिबल र २५ गतेसम्म म्याराथनमा टिम तथा नाम दर्ता गराउन सकिने छ ।

नागरिक सैनिक सुदृढका साथै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन, सुदूर पश्चिमको पर्यटन वृद्धि गर्न उक्त कार्यक्रमको आयोजना गर्न लागेको प्रमुख सेनानी जनमत कार्कीले बताए । कार्यक्रमको कुल लागत १५ लाख रहेको छ ।

Shaileshwori
Loading...