युएसएसबिएम डोटीद्वारा उद्यमीहरूलाई सामग्री हस्तान्तरण 

नारद नेपाली , डोटी

डोटीको सायल गाउँपालिका एकल महिला, अपाङ्ग, हिंसा पीडित आर्थिक स्थिति कमजोर र कोभिडबाट प्रभावित कृषक उद्यमीहरूलाई सामाग्री हस्तान्तरण गरेको छ । लुथरन विश्व फेडेरेशन नेपाल, अस्ट्रेलियन सरकारको आर्थिक सहयोग र उपेक्षित समुदाय शसक्तिकरण तथा विकास मञ्च डोटीद्वारा सञ्चालित कोभिड १९ इमरजेन्सि रेस्पोन्स फर नेपाल परियोजना अन्तरगत सामग्री हस्तान्तरण गरेको छ ।

Sayalb

एक कार्यक्रमका बिच आर्थिक अवस्था माथि उकास्नका लागि सायल गाउँ पालिका वडा नम्बर ६ का ३५ जना लाई बाख्रा वितरण गरेको छ । ४ जनालाई खुद्रा पसलका लागि सहयोग, ५ जना महिलाहरूलाई सिलाई मेसिन, २ जनालाई आरनमा चाहिने समान र एक जनालाई कुखुरा सहयोग गरेको उपेक्षित समुदाय शसक्तिकरण तथा विकास मञ्चका उपाध्यक्ष बिस्ना सिंहले बताउनु भयो ।

आर्थिक अवस्था उकास्न मुस्किल भईरहका बेला परियोजनाबाट सहयोग पाउँदा साह्रै सहयोग भएको र घर खर्च चलाउन आफूलाई सहज भएको भन्दै उद्यमीहरू खुसी भएका छन् ।

Shaileshwori
Loading...