बादी समुदायलाई बासद्वारा स्वास्थ्य सामाग्री सहयोग

जेठ २५, डोटी 

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ सेती प्राविधिक गेट नजिक सडक छेउमा बसेका बादी समुदायलाई युनिसेफको सहयोगमा बास नेपालले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोभिडको जोखिमबाट बच्नका लागि बास नेपालले १० घरपरिवारलाई स्वास्थ्य सामाग्री सहितको किड बक्स वडा नम्बर ४ का वडा अध्यक्ष अशोक कुमार सोपले हस्तान्तरण गरेका हुन ।  वडा भित्र रहेका गरिब दलित बस्तीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको भन्दै अध्यक्षले बासको प्रशंसा गरेका थिए । आगामी दिनमा अन्य सहयोगका कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए ।  सडक छेउसँगै बस्ने गरेका बादी समुदायहरू अस्थायी टिनका टहरामा जीवन बिताई रहेका छन् ।

Sayalb

बास नेपालले आजै दिपायल सिलगढी नगरपालिका वडा नम्बर २  घाँडी टोलमा रहेको दलित बस्तीमा पनि १० घरपरिवारलाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उक्त सहयोग सामाग्री वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले स्थानीय सरकारले गर्ने काम संस्थाले गरी दिएको भन्दै संस्थाले गर्ने हरेका सामाजिक कार्यमा वडा कार्यालयको पूर्ण सहयोग रहने बताए ।  आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए ।

सहयोग सामाग्रीमा मास्क, सेनिटाईजर, साबुन, थर्मामिटर, पीयूष, लगाएको स्वास्थ्य सामाग्री रहेको थियो । हस्तान्तरण कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनी, मनोसामाजिक विमर्शकर्ता सरिता कठायत स्थानीय बासीको समेत सहभागिता रहेको थियो ।

युनिसेफको सहयोगमा बास नेपालले सुदूरपश्चिमका डोटी लगायतका विभिन्न जिल्लाहरूमा बाल संरक्षण, जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता,, लैगिंक हिंसा न्यूनीकरण परियोजना सञ्चालन गरिरहेको छ ।

Shaileshwori
Loading...