
डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउ का २० वर्षीय शिक्षक भरत बिक मृत अवस्थामा फेला परेका छन् । सातफरी आधारभुत विद्यालयका शिक्षक बिक मृत अबस्थामा भेटिएको परिवारले प्रहरीलाई जानकारी गराएका छन् ।

बिहीबार बिहान घर नजिकैको लुगा सिलाउने पसलमा शिक्षक बिकको शव फेला परेको चवराचौतारा प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक इश्वरी बमले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
बुधबार राती विद्यालयमा पुस्तक पु¥याएर फर्किएका शिक्षक बिकलाई उहाँका बुवाले राती ११ : ३० बजे घर भन्दा २० मिटर परको सडकमा घाइते अवस्थामा फेला पारेको परिवार स्रोतलाई उदृत गर्दै प्रहरी नायव निरीक्षक बमले जानकारी दिनुभयो । घाइते अवस्थामा भेटिएका उनलाई उनका बुवा र श्रीमतीले सुत्ने कोठामा पु¥याएका थिए । घर पु¥याएको केही समय भित्रै उनको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको कम्मर र सुट्टामा चोटपटक लागे देखिन्छ ।
