
डोटी : डोटीको शिखर नगरपालिका ७ बिष्टैका १७ वर्षीय बालक विक्रम रावल मृत फेला परेका छन् । जेठ ८ गतेबाट बेपत्ता भएका रावल १७ दिन पछि मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार माछा मार्न घरबाट निस्केका उनी बुधवार साँझ खोलामा मृत भेटिएका हुन् । प्रहरी निरीक्षक जोशीका अनुसार हराएको भैँसी खोज्न जाने क्रममा स्थानीयले रावलको शव पानी माथि तैरिएको अवस्थामा फेला पारेका थिए ।
मृतक बालकको मानसिक सन्तुलन ठिक नभएको र मृगी रोगबाट समेत ग्रसित थिए । आफन्तले खोज्दा नभेटेपछि जेठ २० गते खोजतलासको लागि जिल्ला प्रहरी कार्यालय डोटीमा निवेदन दिएका थिए ।
