Before Header
After Navigation

 जो एक्लै महिला दौडिँदै छिन्  खप्तड–सिलगढी

कर्ण चन्द जेठ २६, डोटी
गङ्गादशहरा मेलाका अवसरमा पर्यटकीय क्षेत्र खप्तडको त्रिवेणी देखि सिलगढीसम्म पहिलो पटक आयोजना गरिएको ३२ किलोमिटरको म्याराथन प्रतियोगितामा दशरथ चन्द नगरपालिका –८ गोठालापानीकी हेमा भट्ट सहभागी हुने भएकी छन् । ४१ जना सहभागी रहने उक्त प्रतियोगितामा ४० जना पुरुष रहेकोमा उनी एक मात्र महिला सहभागी रहेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्किले बताए ।
२१ बर्षिय हेमा म्याराथुन प्रतियोगितामा सहभागी हुने उनी  एक्लो महिला हुन । सुदूरपश्चिम प्रदेश भित्रका खेलाडी सहभागी रहने उक्त प्रतियोगितामा पुरुषसँग प्रतिश्प्रर्धा गर्नेछिन् ।  मुलुक न्यूजसंग कुरा गर्दै हेमाले भनिन् ‘प्रथम हुने आत्मविश्वासका साथ सहभागी हुन आएकी हुँ, म महिला भए पनि पुरुषसँग सहजरुपमा प्रतिस्पर्धा गर्न सक्छु भन्ने मेरो विश्वास छ ।’
Sagan sahari bhawan nirman aayojana
यस भन्दा अघि महेन्द्रनगरमा आयोजना गरेको १० किलोमिटरमा पाँचौँ स्थान प्राप्त गरेकी हेमाले भनिन् ‘त्यस बेला मेरो तयारी पुगेको थिएन यस पटक म अवश्य सफल हुन्छु ।’ जिल्ला खेलकुद बिकास समिति बैतडीमा कराँते प्रशिक्षक रहेकी हेमा बलियो आत्मविश्वासका साथ खप्तड देखी सिलगढीसम्म दौडिने तयारीमा छिन् ।
नेपाली सेना र उद्योग बाणिज्य सङ्घ डोटीको आयोजनामा ‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन प्रतियोगिता २०७९’ गरिएको हो । खप्तडमा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धन गर्नका साथै नागरिक र सैनिक बिचको सम्बन्ध सुदृढ गर्ने हेतुले विभिन्न कार्यक्रमहरूको आयोजना गर्न लागिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्किले बताए । उनले भने ‘खप्तड क्षेत्रको प्रचार प्रसार र प्रबद्र्धनका लागि पहिलो पटक म्याराथन हुदैछ, यसको सबै तयारी भइसकेको छ ।’ शनिवार बिहान ६ बजे देखी खप्तडबाट दौडिने प्रतियोगिहरुलाई स्वास्थ्य परीक्षण गरी बुधवार झिग्रानाबाट बिदाइ गरिएको  छ ।
उक्त प्रतियोगितामा प्रथम लाई १ लाख, दोस्रो लाई ७५ हजार, तेस्रोलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । २८ गते दौड सुरु भई सिलगढी स्थित टुडीखेलमा समापन गरिने आयोजकले जानकारी दिएको छ ।
Shaileshwori
Loading...