पब्जी खेल्न नदिएको भन्दै आमाको हत्या

भारतमा पब्जीका लागि आमाको हत्या गर्ने नाबालिग छोराले राती २ बजे आमालाई गोली हानेको स्वीकार गरे, तर उनको दिउँसो १२ बजेसम्म जिउँदै रहेको जानकारी दिएको छ । भारतीय मिडिया दैनिक भास्करका अनुसार आमाको मृत्युको पर्खाइमा उनी बारम्बार ढोका खोलेर हेर्दा आमालाई तड्पिरहेको देख्थे त्यसपछि कोठामा ताला लगाउँथे ।

साधना सिंहको हत्या गर्ने आफ्नो १६ वर्षीय छोरालाई फेरि सोधपुछ गरिएको अतिरिक्त प्रहरी उपायुक्त (एडीसीपी) काशिम आब्दीले बताए । सोधपुछमा उनले प्रहरीलाई बताए अनुसार ४ जुन शनिबार राती उनी आमासँग नै सुतेका थिए । बन्दुक त्यहि कोठामा राखिएको थियो । आमाको सिरानीबाट चाबी निकालेर करिब २ बजे दराजबाट बन्दुक निकाले । बन्दुकसँगै म्यागजिन र बुलेट राखिएको थियो । म्यागजिन लोड गर्नेबेला हात काहिरहेको थियो किनभने यसअघि पहिले उनले कहिल्यै वास्तविक बन्दुक चलाएका थिएनन् ।

बहिनी सुतिरहेको ठाउँबाट गोली प्रहार

हात काँपेका कारण तीनवटा गोली भुइँमा खसेका थिए । त्यसपछि उनी पेस्तोल लिएर आमा भएठाउँ गए । १० वर्षीया बहिनी पनि आमासँगै ओछ्यानको दाहिने छेउमा सुतिरहेकी थिइन् । हत्यारा छोरालाई गोली हानेपछि यसले शरीर छेडेर बाहिर निस्कने हो कि भन्ने अनुमान थियो त्यसैले उनले बहिनी जता सुतिरहेकी थिइन्, त्यहाँ बाटै आमामाथि गोली हाने ।

बहिनी उठेपछि मुख समातेर आफूतर्फ घुमाए

बन्दुकलाई आमाको कञ्चटको दायाँ तर्फ राखे र आँखा बन्द गरेर ट्रिगर दबाए । गोलीको आवाज सुन्नेबित्तिकै बहिनी हड्बडाएर उठिन् तर उनले बहिनीको मुख समातेर आफूतर्फ घुमाए । गोली लाग्ने बित्तिकै आमाको टाउकोबाट रगतको धारा बग्न थाल्यो । त्यसपछि बहिनीलाई लिएर अर्को कोठामा गए र त्यहाँको ढोका लक गरिदिए ।

१० घण्टामा ८ पटक आमालाई छट्पटिरहेको देखे, दिउँसो १२ बजे सास रोकियो

हत्यारा छोराले प्रहरीलाई दिएको जानकारी अनुसार गोली लागेपछि आमा बेडमा छट्पटिन थालिन् । उनले आमालाई त्यहि हालतमा छोडेर बहिनीलाई लिएर अर्को कोठामा गए । अर्को गोली हान्ने इच्छा भएन । त्यसैले आमा कहिले मर्छिन् भनेर प्रतीक्षा गर्न थाले । हरेक घण्टा कोठामा जान्थे र आमालाई तड्पिरहेको देख्थे तर एकपटक पनि उनलाई बचाउने हो कि भन्ने सोच आएन ।

हरेक पल्ट आमालाई हेर्न जाँदा नाक नजिकै औँला राखेर सास चलिरहेको छ कि छैन भनेर हेर्थे । १० घण्टामा ८ पटक सास चले नचलेको हेरे । दिउँसो १२ बजे अन्तिम पटक जाँदा आमाको शरीरमा कुनै हलचल थिएन । सास रोकिइसकेको थियो । त्यसपछि मात्रै अब आमाको मृत्यु भइसकेको छ भनेर उनलाई विश्वास भयो ।

नजिकै थियो सबैभन्दा ठूलो अस्पताल थियो, ज्यान बचाउन सकिन्थ्यो

एडीसीपीका अनुसार साधनाको घरबाट पीजीआई अस्पतालको दुरी २ किलोमिटर टाढा थियो । गोली टाउकोबाट निस्केको थियो । समयमै उपचार पाएको भए उनको ज्यान बच्ने सम्भावना थियो । आरोपित छोराले प्रहरीलाई यसबारे जानकारी दिँदा एडीसीपीले रोष व्यक्त गर्दै र अफसोस जताउँदै भने, ‘काश कसैले घटनाबारे प्रहरीलाई जानकारी दिएको भए ।’

bhukampa

शव ३ दिनसम्म घरमा लुकाएर राखे

आमाको हत्यापछि हत्याराका छोराले शव ३ दिनसम्म घरमै राखे । प्रहरीले दिएको जानकारी अनुसार ५ जूनको बिहान बहिनीलाई कोठामा थुनेर आमाको स्कुटी लिएर बाहिर थए । बेलुका एक साथीलाई फोन गरेर बोलाए । बहिनीलाई अर्को कोठामा बन्द गरेर साथीसँग पार्टी गरे । साथीहरुले आमाबारे सोध्दा हजुरआमालाई भेट्न गएको भने ।

६ जुन दिउँसो करिब १२ बजे बहिनीले भोक लागेको बताइन् । त्यसैले छिमेकीको घरमा गएर आमा हजुरआमालाई भेट्न गएको र आफूलाई खाना बनाउन नआएको र बहिनीलाई भोक लागेको बताउँदै खानेकुरा ल्याए । बेलुका ५ बजे अर्का साथीलाई बोलाए ।

त्यसपछि ७ जून मंगलबार बेलुकासम्म घरमा असाध्यै धेरै दुर्गन्ध फैलियो । त्यसपछि उनलाई घटना लुकाउन अब मुश्किल भएको जस्तो लाग्यो । त्यसैले ७ बजेतिर पिता नविनलाई फोन गरेर हत्याबारे जानकारी दिए ।

पिताले भने– म चाहन्छु कि मेरो छोरा जीवनभर जेलमा रहोस्

यस मामिलामा नवीनकी आमा नीरजा देवीले नातिनी विरुद्ध बुहारीको हत्याको उजुरी दिएकी छन् । आरोपित छोरालाई बाल सुधार गृहमा पठाइएको छ । हत्यारा छोराका सैनिक बाबु नविनले रुँदै भने, ‘हरेक मानिसले आफ्नो छोरा–छोरीले हाँसीखुसी जीवन बिताओस् भन्ने चाहना राख्छन्, तर म मेरो छोरो जीवनभर जेलमा रहोस् भन्ने चाहन्छु, छोराले आफ्नो अपराधको पूरा सजाय पाओस् । यसका लागि हरसम्भव प्रयास गर्नेछु ।’

बहिनी हत्याको प्रत्यक्षदर्शी

१० वर्षीया छोरीले सबै कुरा आफ्नै आँखाले देखेको बुवा नवीनले बताए । उनी प्रत्यक्षदर्शीको रुपमा अदालतमा हाजिर हुनेछिन् । छोरीलाई कसैले नभड्काओस् र यो मेन्टल ट्रमाबाट बाहिर निकाल्नका लागि उनले आफैँसँग राखेको पनि बताए ।

परिवार लखनउमा थियो, बुबा पी. बंगालमा पोस्ट गरिएको छ

वाराणसीका निवासी नवीन कुमार सिंह आर्मीमा जुनियर कमिसन्ड अफिसर हुन् । उनको पोस्टिङ पश्चिम बंगालमा छ । लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा उनको घर छ । यहाँ उनकी श्रीमती साधना ९४० वर्ष० आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् ।

छोराले मंगलबार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको हत्या गरेको बताए । उनले बुवालाई शव पनि देखाए । यस मामिलामा जुन प्रारम्भिक कुरा बाहिर आएको छ, पब्जी खेल्न नदिएको भन्दै रिसाएको छोराले आमालाई गोली हानेर हत्या गरेको छ । रातोपार्टीबाट

Shaileshwori
Loading...