Before Header
After Navigation

खप्तड–शैलेश्वरी म्याराथन २०७९ मा साही प्रथम

डोटी : खप्तड तथा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको म्याराथन प्रतियोगितामा सुशील कुमार साही प्रथम भएका छन् ।

“सुन्दर सुदूरपश्चिम खप्तड–शैलेश्वरी म्याराथन २०७९” नाम दिइएको उक्त प्रतियोगितामा भवानी बक्स गण अछामका अमलदार साही प्रथम भएका हुन् । शनिवार बिहान ६ बजे खप्तडको त्रिवेणी मन्दिरबाट सुरु भएको म्याराथन दौडमा साही २ घण्टा १८ मिनेट ३१ सेकेन्डमा शैलेश्वरी मन्दिर सिलगढी पुग्दै प्रथम भएका हुन् । भुस्वर्गका नामले चर्चित खप्तड राष्ट्रिय निकुञ्ज देखि डोटीको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा अवस्थित शैलेश्वरी मन्दिर सम्म ३२ किलोमिटरको म्याराथन प्रतियोगिता भएको थियो ।

यस्तै रण बम गण डडेल्धुराका सिपाही नरेश सिं बोहरा द्धितिय र रण बम गण डडेल्धुरा कै सिपाही राम सिंह पाल तृतीय भएका छन् । बोहराले २ घण्टा ३० मिनेट ५७ सेकेन्ड र पालले २ घण्टा ३२ मिनेट ४३ सेकेन्डमा उक्त दुरी पुरा गरेका हुन् ।

Sagan sahari bhawan nirman aayojana

प्रतियोगितामा सान्त्वना भएका अछाम जिल्लाको मेल्लेख गाउँपालिकाका सागर धामीले २ घण्टा ३५ मिनेट ४० सेकेन्ड, बाजुराको त्रिवेणी नगरपालिकाका तुलाराम सार्कीले २ घण्टा ४४ मिनेट ५ सेकेन्ड, भवानी गण बक्स अछामका सिपाही मोती विकले २ घण्टा ४६ मिनेट ३२ सेकेन्ड, गुरु गोरखा गुल्म दार्चुलाका सिपाही दीपेन्द्र महतले २ घण्टा ४७ मिनेट ४३ सेकेन्ड र सिंह शार्दूल गुल्म खप्तडका सिपाही लोक बहादुर बुढाले २ घण्टा ४९ मिनेट ११ सेकेन्डमा उक्त दुरी पुरा गरेका छन् ।

म्याराथनमा ४० जना प्रतियोगी धावक र अन्य ८० जना धावकहरू ९रन फर फन० गरेर एक सय २० जना सहभागी हुने छन् ।

म्याराथनमा प्रथम, द्धितिय र तृतीय हुनेहरूको लागि पुरस्कारको राशि क्रमशः १ लाख, ७५ हजार, ५० हजार राखिएको छ । त्यस्तै ५ जनालाई १० हजारका दरले सान्त्वना पुरस्कार दिइने छ भने म्याराथन दौड पुरा गर्ने अन्य ३२ जनालाई प्रोत्साहन स्वरूप ३ हजारका दरले रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

गंगादशहरा पर्वको अवसर पारेर डोटी उद्योग वाणिज्य सङ्घ, नेपाली सेनाको श्री भैरव प्रसाद गण सिलगढी र श्री नं। ५ बाहिनी अड्डा राजपुर डोटीले प्रतियोगिताको आयोजना गरेका हुन् । म्याराथनसँगै खप्तडमा भलिबल तथा देउडा प्रतियोगिता र योग शिविरको समेत आयोजना गरिएको थियो ।

Shaileshwori
Loading...