

गैर सरकारी संस्था महासंघ डोटीको अध्यक्षमा लालबहादुर बिक चयन भएका छन् । यस भन्दा अघि कार्य समितिको अध्यक्ष रहेका बिक सिलगढीमा सम्पन्न भएको अधिबेशनबाट अध्यक्षमा सर्बहसमत चयन भएका हुन । समितिको उपाध्यक्षमा तिर्थराज पन्त, सचिब भक्तराज उपाध्याय, सह–सचिब खडकराज शर्मा, कोषाअध्यक्ष लक्ष्मी देउवा रहेका छन् । सदस्यहरुमा कृष्णबहादुर थापा, एकराज बडु, जानकी बलायर, सरस्वती भण्डारी, लक्ष्मी जोशी शर्मा र धुब्रबहादुर बोगटीगरी ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । जिल्लामा रहेका गैर सरकारी संस्थाको बिकास आफ्नो प्राथमिकतामा रहेका अध्यक्ष लालबहादुर बिकले बताए ।
