
नारद नेपाली, डोटी
डोटीको शिखर नगरपालिकामा लेखा व्यवस्थापन तथा सुशासन सम्बन्धी २ दिवसीय पुनर्ताजकिय तालिम सम्पन्न भएको छ ।
इएलसिए र लुथरन विश्व फेडेरेशन नेपालको आर्थिक सहयोग र उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च डोटीद्वारा सञ्चालित मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवर्द्धनका लागि सामूहिक प्रयास २ ९साहस २० परियोजना अन्तरगत शिखर नगर पालिकाका वडा नम्बर ६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रगतिशील मुक्त हलिया बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, लेखा समिति, ऋण उप समिति र शिक्षा समितिलाई सहकारीमा आधारित चार खाता पुजी, दायित्व, सम्पत्ति र जायजात सम्बन्धी लेखा व्यवस्थापन तथा सुशासन कसरी कायम गर्ने भन्ने विषयमा छलफल भएको संस्थाका जीविकोपार्जन सहजकर्ता गणेश कोलिले बताए ।
पदाधिकारहरूको क्षमता विकास होस सहकारीको दोहोरो लेखा प्रणालीलाई थप प्रभावकारी बनाउन सियर सदस्य तथा पदाधिकारीहरूलाई सुशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च डोटी कार्यक्रम अधिकृत भक्तराज उपाध्यायले जनाकारी दिए ।
हलिया समुदायको आर्थिक अवस्था उकास्नको लागि गठन भएको सहकारीमा हलियाहरुको आर्थिक अभावकै कारण पछाडि पर्नु परेको थियो । रकम अभावकै कारण प्राप्त ऋण लगानी हुन नसकेको, नियमित बचत हुन नसकेको बेला संस्थाले सहयोग गर्दा आफूलाई बाख्रा पालन गर्न कुखुरा पालन गर्न, तरिका खेती गर्न, गाह्रो साह्रो पर्दा आफूलाई धेरै सहज भएको र धेरै ब्याजबाट समेत उम्कन सहकारी बाटै सहज भएको हलिया समुदायहरूको भनाई रहेको छ ।
प्रगतिशील मुक्त हलिया बचत तथा ऋण सहकारी संस्थाका १५ जानको सहभागिता रहेको कार्यक्रम हिजो सुरु भई आज सम्पन्न भएको हो ।
