Before Header
After Navigation

सुदूरपश्चिम प्रदेश सरकारले ३६ अर्ब ७४ करोडको बजेट ल्यायो

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बजेट विनियोजन गरेको छ ।

Sagan sahari bhawan nirman aayojana

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आज प्रदेश सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभामा आज दिउँसो  आगामी वर्षको बजेट प्रस्तुत सुरु भएको थियो । प्रदेश सरकारले असार १ गते अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।

यसमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात् ३३.४६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात् ६५.७४ प्रतिशत बजेट विनियोजन भएको छ । यसै गरी, अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत एक अर्ब ३६ करोड ४० लाख अर्थात् ३.७१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ३० करोड अर्थात् ०.८२ प्रतिशत छ ।

Shaileshwori
Loading...