
डोटीमा पुलबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाँउ पालीका वडा न ६ का रलु खडायत की १८ बर्षिया छोरी ढुल्लु अधिकरीको काठको पुलबाट खसेर मृत्यु भएको छ । बिहिबार बिहान आदर्श ६ गिरिचौकाको बबिना देखि सिगास गाउँ पालिका बैतडी साङडामा रोपाई गर्न जाने क्रममा पुलबाट खसेर मृत्यु भएको स्थानीय बिरबहादुर थापाले जानकारी दिए । पुलबाट सेतीमा खसेकी उनको शब पुल नजिकै फेला परेको छ ।

गत बर्ष कार्तिकको महिना परेको अबिरल बर्षाका कारण आदर्श –६ गिरिचौका र बबिना जोडने सेती नदी माथी रहेको झोलुङ्गे पुल बगाएपछि अस्थायी रुपमा बनाएको काठको पुलबाट खसेर अधिकारीको मृत्यु भएको हो ।
दुइ जिल्लाका सिमानामा बस्ने स्थानीयको दैनिकीसंग जोडिएको महत्वपूर्ण बाटोमा निर्माण गरेको झुलङगे पुल नै बगाउँदा स्थानीयलाई सास्ती भएको छ ।
