एकल महिलाका सवाललाई पालीकाले उच्च प्राथमीकतामा राख्ने

Sayalb

गणेश मौनी
एकल महिलाका सवाललाई पालिकाले उच्च प्राथमीकता राखेर आवश्यक सहयोग गर्ने पुर्विचौकी गाउँपालिकाका जनप्रतिनिधीहरुले प्रतिबद्धता जनाएका छन् ।
ओम्यान काईन्डको सहयोगमा मानव अधिकारका लागि महिला एकल महिला समुह डोटीले बुधबार पुर्विचौकी गाउँपालिकामा आयोजना गरेको नब निर्बाचित जनप्रतिनिधीहरुलाई धन्यवाद तथा कार्यक्रमको समिक्षा कार्यक्रममा जनप्रतिनिधीहरुले एकल महिलाका सवाललाई उच्च प्राथमीकतामा राखेर काम गर्ने बताएका छन् ।
एकल महिलाको सवाल अति सम्बेदन शिल हो यसलाई उच्च प्राथमिकता राखेर अघाडी बढ्ने पुर्विचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए । उनले भने एकल महिला साहारा बिहीनको अवस्थामा हुन्छन तीनिहरुलाई के कसरी सहयोग गर्न सकिन्छ आवश्यकता अनुसार बजेटको ब्यवस्थापन गरि स्वरोजगारमुखी कार्यक्रमलाई जोड दिई सहयोग गर्नेछौ । विभिन्न संघ संस्थाले ब्यवसाय संचालनको लागि गाउँपालिकामा रहेका एकल महिला र जनप्रतिनीधी महिलाहरुलाई गरेको सहयोग सदुपयोगको मुल्यांकन गरी ब्यवसाय गरेका लाई प्रोत्साहन र नगरेकाहरुबाट रकम फिर्ता गराउन पहल गर्ने समेत अध्यक्ष उपाध्यायले बताए ।
महिलाहरुलाई अपहेलना होईन अझै एकल महिलाहरुलाई विशेष सम्मान गर्नुपर्ने पुर्विचौकी गाउँपालिकाका वडा नम्बर ४ का वडाअध्यक्ष बलबहादुर खड्काले बताए । उनले भने हामीले भाषणमा भनेर भन्दा पनि ब्यवहारमा देखाउनु पर्छ ।’ आफ्नो स्थानिय तहमा कार्यक्रम संचालन गर्दा आफु जुनसुकै समयमा पनि सहकार्य, समन्वय र सहयोग गर्न तयार रहेको समेत अध्यक्ष खड्काले बताए ।
एकल महिलाहरु आफ्नो हक अधिकारको लागि जुनसुकै समयमा पनि आवाज उठाउनु पर्ने पुर्विचौकी गाउँपालिकाकी उपाध्यक्ष पशुपती खड्काले बताईन् । गाउँपालिकामा संचालन हुने परियोजनालाई उपलब्धीमुलक बनाउन कहाँ के सहयोग गर्नु पर्छ आफु तयार रहेको समेत उपाध्यक्ष खड्काले बताईन् ।
महिलाहरुको नेतृत्व र क्षमता बिकास गर्नुका साथै महिलालाई आयमुलक कार्यमा सहभागि हुन सिप बिकास गर्ने उद्देश्यले डोटी जिल्लामा परियोजना संचालन गरिएको जिल्ला परियोजना अधिकृत लक्ष्मी देउवा बमले बताईन् । उनले भनिन‘ हामी सहयोगि निकाए मात्र हौ हामी एक्लै केही गर्न सक्दैनौ स्थानिय सरकार संगको साझेदारीमा विभिन्न कार्यक्रमहरु संचालन गरेको आगामी निकट भबिश्यमा यस पुर्विचौकी गाउँपालिकामा चप्पल कारखाना स्थापनाको लागि लागिरहेका छौ सबैले सहयोग गर्नुपर्छ ।
संस्थाले डोटीमा दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिकामा रहेका २९ जना एकल महिलाहरुलाई २० हजारका दरले बिउ पुजी र दुबै पालिकाका २० जना जनप्रतिनीधी महिलाहरुलाई ३० हजारमा दरले विभिन्न प्रकारका ब्यवसाय संचालन गर्न नगद सहयोग गरिसकेको बताईन् । संस्थाले गरेको सहयोगको सदुपयोग भए नभएको स्थानीय सरकारले अनुगमन गर्नुपर्ने समेत अधिकृत बलमे बताईन् ।
कार्यक्रममा पुर्विचौकी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष ,अन्य महिला जनप्रतिनीधी, अन्य महिला, पत्रकार स्थानीयको पनि सहभागिता रहको थियो ।

Shaileshwori
Loading...